Social Icons

9/26/13

संगीत — चर्चा


संगीत — चर्चा
धर्तीको अमर गीत

प्रसिद्ध गायक ओम श्रेष्ठको एकल गायनमा प्रकाशित भएको सि. डि.को नाम हो— धर्तीको अमर गीत । चल्तीका गीत संगीत भन्दा बिल्कुल अलग विषय र संगीत शैलीमा प्रस्तुत  गीतहरुले २०४५ साल अघिको नेपालको निरंकुश राजनीतिक व्यवस्थाले सिर्जेको श्रमजीविहरुको अवस्था अनि त्यस्तो अवस्थालाई अन्त्य गर्न अघि बढेका वीरहरुको गौरवलाई अभिव्यक्त गरेको छ । राजनीतिक विषय वस्तु अंगालेको भएपनि यसमा संग्रहित सम्पूर्ण गीतहरु शव्द बनौट, संगीत सृजना र गायनको जीवन्तताले एक से एक नमुनायोग्य छन् ।  
प्रस्तुत सि.डि.का गीतकारहरुमा  चन्द्र भण्डारी ,श्याम तमोट, हेमराज राई र जुरेकास्टेलान रहेका छन् । त्यस्तै संगीतकारहरुमा चन्द्र भण्डारी, हेमराज राई, राजु तुलाधर तथा गायक स्वयम् रहेका छन् । जुरेकास्टेलानको गीतको भावानुवाद कवि तथा गीतकार बिक्रम सुब्बाले गरेका छन् ।
सुरज श्रेष्ठ र सुरेन्द्र श्रेष्ठको संगीत संयोजनमा तयार पारिएका गीतहरुलाई विट्स स्टुडियो, बिराटनगर, रिबस् साउण्ड,इटहरी, मेलोडी स्टुडियो, काठमाण्डौमा रेकर्ड गरिएका छन् । यसको बजार तथा वितरण व्यवस्थापनको जिम्मा कोरस नेपाल बागबजार, काठमाण्डौले लिएको छ । 
यो सि.डि.का गीतहरुले प्रगतिशील गीत संगीतको क्षेत्रमा एउटा मूल्यवान कृति थप गरेको छ जसलाई सुनेपछि प्रगतिशील गीत संगीतको महत्वलाई श्रोताहरुले हृदयदेखि नै स्वागत गर्नेछन् ।
                                                                        प्रस्तोताः श्याम

No comments:

Post a Comment