Social Icons

10/20/13

लेख/रचना


संगीत चर्चा 
बाँचेछु भने........

बाँचेछु भने..... सानु पहाडीको एकल गायनमा प्रस्तुत प्रगतिशील गीतहरुको गीति अल्बमको नाम हो । वि.सं. २०३२÷३३ साल देखि नै गायन क्षेत्रमा प्रबेश गरेकी गायिका सानु पहाडीले आफूलाई प्रगतिशील संगीत क्षेत्रमा तीन दशक अघिदेखि निरन्तर सक्रिय राखेकी छिन् । आफूलाई लागेको पेचिलो रोगको वास्ता नगरीकन अझैसम्म संगीत क्षेत्रबाट जनसेवामा आफूलाई समर्पण गरेकी छिन सानु पहाडीले ।
प्रस्तुत अल्बममा सानुको सुमधुर स्वरमा गाइएका छ गीतहरु समेटिएका छन् । कोरसमा उनलाई मधु गुरुङ्ग, दीपेन्द्र रसाइली ,लिना शिवा, उर्मिला वि. क. आदि कलाकारले साथ दिएका छन् । 
हाम्रो देशका सर्व साधारण मानिसले भोग्नु परेका दुःखले उब्जाएका भावनाहरु यहाँका गीतहरुका विषय बनेका छन् । स्वदेशमा रोजगारीको अभावका कारण विदेशीनु परेका आफन्तहरुको मायामा पिरोलिएका चेलीहरुका व्यथा ,मान्छेले मान्छेबाट अपहेलित भई बाँच्नु परिरहेका समुदायको हितमा÷ पक्षमा लागेका साहसीहरुप्रति  सम्मान गरिएका तथा देशका अन्यायी शासनका विरुद्ध न्यायका खातिर अग्रसर वीरका अभिव्यक्तिलाई सरल शव्द, संगीतमा सिर्जिएका गीतहरुलाई गायिका सानु पहाडीको गायकीले श्रोताहरुको मन जित्न सफल छ । बाँचेछु भने..अल्बममा रहेका गीतका गीतकारहरु क्रमशः डम्बर पहाडी, होम सुवेदी र दीपेन्द्र रसाइली तथा संगीतकारहरु डम्बर पडाडी, कुमार थापा, अमृत राई, यम पोयङ्गु र दीपेन्द्र रसाइली रहेका छन् ।

चेलीको पुकार सुनेर माइती,परदेशलाई बिर्सन ।
आफ्नो गाउँघर झलमल पार्न,स्वदेश मै फर्कन ।
गाउँघरका जालझेल मासेर मात्रै,सकिन्छ हुर्कन ।
                                                                            अल्बमः बाँचेछु भने....

No comments:

Post a Comment