Social Icons

प्रतिष्ठान बारे

सार्थक जनसंगीत प्रतिष्ठान, नेपाल

परिचय
प्रतिष्ठानको लोगो 
हाम्रो नेपालमा सयौं वर्ष अघिदेखि  सामाजिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रमा चलिरहेको विभेदकारी प्रचलनलाई पक्षपोषण गर्दै आएको परिपाटी र यसले मुलुकमा सृजेको दूरावस्थाको अन्त्य गरी स्वतन्त्र, स्वाभिमान , समृद्ध र सम्मानित नेपालको स्थापना गर्ने अभियानमा जनपक्षीय सांस्कृतिक क्षेत्रको ज्यादै ठूलो योगदान रहेको कुरा सर्वविदित छ । खासगरी बीसको दशकदेखि यता विभिन्न सांस्कृतिक समुहहरुको  अभियानले नेपाली सांस्कृतिक इतिहासमा एउटा सशक्त धारको सृजना गर्यो, जुन अद्यापि निरन्तर कायम छ । यसले तत्काल प्रचलित सांस्कृतिक मान्यतामाथि उल्लेखनीय प्रभाव पायो पारयो । यही जनपक्षीय सांस्कृतिक अभियानको दौरानमा सृजना गरिएका र सृजना भइरहेका हजारौं गीत/संगीतको संरक्षण गर्दै  सांस्कृतिक अभियानलाई सशक्त र उन्नत रुपमा निरन्तरता दिने र नेपाली राष्ट्रिय संगीतलाई समृद्ध बनाउदै,स्वतन्त्र, स्वाभिमान  र सम्मानित नेपालको निर्माण कार्यलाई टेवा पुरयाउन अनिवार्य भएकोले एउटा स्वतन्त्र संस्थाको रुपमा यो सार्थक जनसंगीत प्रतिष्ठान, नेपालको स्थापना  गरिएको छ ।

स्वरुप 
स्वतन्त्र, स्वाभिमान , समृद्ध र सम्मानित नेपाल निर्माणका लागि जनपक्षीय गीत÷संगीतका माध्यमवाट योगदान पुर्याएका, पुर्याउने, पुर्याउन चाहने स्रष्टाहरु तथा यस क्षेत्रका अध्येताहरुका लागि यो एउटा उपयुक्त केन्द्र हुनेछ ।

उद्देश्य
यस संस्थाको उद्देश्यहरु देहाय बमोजिमका हुनेछन्:
  • स्वतन्त्र, स्वाभिमान, समृद्ध र सम्मानित राष्ट्र निर्माणमा गीत,संगीतको क्षेत्रबाट सहयोग पुर्याउने तथा त्यस्ता गीत, संगीतहरुको पाठ्य एवं श्रव्य— दृष्य सामग्रीहरु संग्रह गर्ने । 
  • नेपालको राष्ट्रिय संगीतको विकासमा मदत पुर्याउने । 
प्रमुख क्रियाकलापहरु 
देशका बिभिन्न भाषाका साथै विदेशी भाषाका जनपक्षीय गीत/संगीत सम्बन्धी:
  • संगीत कार्यक्रमको अडियो,भिडियो लगायत गीत/संगीत सम्वन्धी पुस्तक, अन्तर्वार्ता,अन्तरक्रिया,कार्यशाला गोष्ठीका पठनीय सामग्रीहरु संग्रह गर्ने,
  • गीत/संगीत सम्बन्धी ऐतिहासिक महत्वका श्रव्य–दृश्य सामग्री, अनुसन्धानमुलक रचना÷शोधपत्र, संस्मरण, कार्यपत्र, प्रतिवेदन आदि तयार गर्ने ,प्रकाशन तथा संग्रह गर्ने, अन्तर्कि्रया एवं कार्यशाला गोष्ठी संचालन गर्ने 
  • गीत/संगीत कार्यक्रम संचालन गर्ने,
  • गीत/संगीत सम्वन्धी अनुसन्धान गर्ने, तथा अनुसन्धानमा सहयोग पुर्याउने,
  • गीत/संगीत क्षेत्रका व्यक्ति/व्यक्तित्वको चिनारी विवरण अभिलेखन गर्ने, जीवनी प्रकाशन गर्ने
  • गीत संग्रह, अडियो/भिडियो प्रकाशन र प्रसारणमा समन्वय र सहयोग गर्ने
  • विभिन्न राष्ट्रिय तथा अंतराष्ट्रिय सांस्कृतिक संघ संस्था तथा व्याक्क्तिहरुसंग आपसी भाइचाराको सम्बन्ध कायम गर्ने,
  • विद्युतीय माध्यमको प्रयोग गरी प्रसारणमा व्यापकता दिने,
  • स्रष्टा सम्मान कार्यक्रम सञ्चालन गर्ने,
  • गीत÷संगीत प्रशिक्षण संचालन गर्ने ।
आर्थिक स्रोत:
  • सहयोगी तथा शुभेच्छुक व्यक्ति वा संस्थाबाट प्राप्त सहयोगबाट अक्षयकोषको स्थापना र त्यसबाट प्राप्त व्याज,
  • सरकारी तथा अन्तर्राष्ट्रिय सांस्कृतिक केन्द्रहरुबाट प्राप्त सहयोग,
  • सांगीतिक कार्यक्रमबाट प्राप्त आम्दानी,
  • संस्थाको प्रकाशन (पुस्तक,सिडि आदि) बिक्रीवाट प्राप्त आम्दानी,
  • संस्था सदस्यबाट प्राप्त शुल्क तथा सहयोग 

No comments:

Post a Comment