Social Icons

9/26/13

कलाकार चिनारी

             
कृष्णप्रसाद पौडेल


“जनसंगीतले ल्याएको प्रमुख उपलब्धी भनेको राजनैतिक चेतनामा बृद्धि हो । जनसंगीतले पुरानो सामन्ती राज्यसत्तालाई हटाई नयाँ राज निर्माणमा महत्वपूर्ण भूमिका खेलेको छ । समाजमा भएको बालशोषण, महिलाहिंसा र राष्ेिट्रयताको सवालमा चेतनाको अभिवृद्धि भएको छ ।”
यसरी  नेपालको वर्तमान राजनैतिक रुपान्तरणमा जनसंगीतले पुर्याएको सहयोगको बारेमा सगर्व आफ्नो विचार राख्नुहुन्छ जनताका कलाकार कृष्ण प्रसाद पौडेल ।
चितवनको मेधौलीमा मुमा श्री सिमादेवी र बुबा श्री कुलप्रसाद पौडेलका कोखबाट वि. सं. २०२९ साल कार्तिक चार गते जन्मनु भएका पौडेल हाल काठमाण्डौमा कृयाशील हुनुहुन्छ । वि.सं. २०४२ देखि संगीत क्षेत्रमा प्रवेश गर्नु भएका पौडेल २०४४ देखि जनसंगीत क्षेत्रमा सक्रिय हुनुहुन्छ । मुख्य विधा नृत्य लिनुभएका उहाँले संगीत एवम् नृत्य विषयमा एम म्यूज गर्नु भएको छ ।
संगीतको माध्यमबाट सामाजिक सांस्कृतिक परिवर्तनमा सहयोग गर्ने उद्धेष्य लिएर यस क्षेत्रमा प्रवेश गर्नु भएका पौडेलले देशका पचास भन्दा बढी जिल्लाहरुमा कार्यक्रम प्रस्तुत गरिसक्नु भएको छ । उहाँका “नृत्य परिचय भाग १”,“हाम्रो संस्कृति भाग १” तथा “नेपाल भेष भुषा र गरगहना ” कृति प्रकाशित भइसकेका छन् ।
लोकतन्त्रका हिमायती अन्य जनकलाकारहरुले जस्तै श्री पौडेलले पनि सरकारी संयन्त्रको दमन पटक पटक सहनु परेको थियो । नुवाकोट, काभ्रे, चितवन जिल्लाहरुमा सांस्कृतिक कार्यक्रम संचालन गरिरहँदा पटक पटक भिडन्तकै सामना गर्नुपरेको थियो । काठमाण्डौमा आन्दोलनको क्रममा नृत्य गर्दा गर्दै  निकै पटक  प्रहरीले गिरफ्तार गरेको थियो ।
लोकतन्त्रको स्थापना पछिको अवस्थामा पनि जनपक्षधर कलाकारहरुबीच अझै मजबूत एकताको अभाव देख्नुहुने पौडेल कलाकारहरुमा बिधागत रुपमा उच्चस्तरको तालिमको समस्या रहेको बताउनु हुन्छ । यस अतिरिक्त  अग्रज कलाकारहरुबाट नव आगन्तुक कलाकारहरुलाई उचीत मार्ग दर्शनको अभाव रहेको पनि उहाँको ठम्याइ छ ।
कलाकारहरु यसै समाजका उपज , यसै समाजका सदस्य भएका हुनाले समुदायसंग एकाकार भएर अघि बढनु पर्ने र आफ्नो बिधा अनुसारको उच्च अध्ययनमा हरेक कलाकारहरुले जोड दिनु पर्नेमा उहाँ ध्यान दिनु हुन्छ । साथै एउटा राष्ट्रिय स्तरको साझा मञ्च स्थापना गरी सबै प्रगतिशील कलाकारहरु बीच समन्वय कायम गरी अगाडि बढन सके राम्रो हुने उहाँको धारणा  रहेको छ ।
 २०६७ सालदेखि हालसम्म उहाँ जनसंस्कृति नेपाल नामको संस्थाको अध्यक्ष हुनुहुन्छ । बेला बेलामा सांस्कृतिक कार्यक्रमको आयोजनाका साथै यो संस्थाले संगीत सम्बन्धी विभिन्न विधाहरुमा तालिम संचालन गरिरहेको छ । 
                                                                                                                        प्रस्तोता ः श्याम

No comments:

Post a Comment