सर्वनाम नाट्यशालाको प्रेक्ष्यालयमा सिमित संगीत पारखीहरुका बीच सार्थक जनसंगीत यात्राको तेस्रो श्रृंखलाको रुपमा यहीं २०७० भदौ २९ गते एक गीति कार्यक्रम सम्पन्न भयो ।
सार्थक जनसंगीत प्रतिष्ठान, नेपालद्वारा आयोजित उक्त कार्यक्रममा बरिष्ट जनगायकहरु रामेश र रायनले निरन सापकोटाद्वारा रचित चर्चित गीत 'के पार्टीमा लिखिएका हामी खरी अक्षर हौं', सिद्धिचराण श्रेष्ठद्वारा रचित गीत 'मंगलमान' र 'हिमगिरिमण्डित' जस्ता गीतहरु प्रस्तुत गर्नुभएको थियो भने गम्भिर स्वरका धनी गायक ओम श्रेष्ठले चन्द्र भण्डारीद्वारा रचित र संगीतबद्ध गीत 'यो सुनसान चिहानको गीत' प्रस्तुत गर्नुभएको थियो ।
यसैगरी युवा पुस्ताका जनकलाकारहरु आकाश थापा, दिवश श्रेष्ठ, जितेन्द्र चौधरी र जंग पहाडीले स्वर्गीय प्रमोद हमालको रचना र संगीत रहेको 'इतिहासको खुड्किलो' शीर्षकको गीत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा कलाकारहरु वीर प्रसाद भन्सारी, गुजे मालाकार र रानीशोभा महर्जनले दुर्गालाल श्रेष्ठदारा रचित 'न्हु दँ जक बल' शीर्षकको नेपाल भाषाको गीत र गायिका मधु गुरुंगले 'हम नारी नेपालके' बोलको मैथली भाषाको गीत प्रस्तुत गर्नु भएको थियो ।
यसैगरी उदय श्रेष्ठ र साथीहरुको समूहले 'देश' शीर्षकको राष्ट्रिय गीत प्रस्तुत गर्नुभएको थियो भने कलाकार मोहन घिसिंग र बबिता पाख्रिनले पनि 'ए हो ड्राइभर..' बोलको गीत प्रस्तुत गर्नुभएको थियो ।
सौरभ श्रेष्ठले संचालन गर्नुभएको उक्त गीति कार्यक्रममा जनसंगीत प्रस्तुतिको परम्पराभन्दा भिन्न रुपमा गायक गायिकाहरुले ट्रयाकमा गीत गाउनु भएको थियो ।

No comments:
Post a Comment