—डा. योगी विकासानन्द
शारीरिक र मानसिक दुबै खाले समस्याबाट जोगिन एवं मुक्ति पाउन संगीतोपचारले सघाउने कुरा अनुसन्धानकर्ताहरु बताउँछन् र यसो भनिरहँदा संगीतोपचार भनेको के हो भनी जिज्ञासा जाग्नु स्वभाविकै हो । संगीतोपचारका चार चरणहरु छन्—१. संगीत ध्यानपूर्वक सुन्नु,२. धक फुकाएर आफैं गीत गाउनु ३. गीत—संगीतमा चुर्लुम्मै डुब्दै नाच्नु ४. गीत—संगीतको रचनामा मस्त हुनु । यी कुनै प्रक्रियाले ३—६ महिनाभित्र समाधान हुँदै जाने कुरा अनुसन्धानबाटै पुष्टि भएको तथ्याङ्क प्राप्त भएको छ । जस्तै हातगोडा चलाउन गाह््रो होस् वा असाध्य दुखाई, संगीतोपचारले काम गरेको पाइएको छ । त्यस्तै अरुसित बोल्न लाज लाग्नेदेखि बोल्नै नसकिरहेको अवस्थामा पनि यस उपचारले सघाएको पाइएको छ । डर, त्रास, निराशा,कुण्ठा, डिप्रेशन देखि स्क्रिटसोफ्रेनियाका रोगीहरुलाई समेत यस उपचारले लाभ पुर्याएको तथ्याङ उपलब्ध छ । त्यस्तै संगीतले अनिद्रादेखि एल्जमिरका रोगीहरुको समेत उपचार गर्न सफल भएको कुरा अनुसन्धान कर्ताहरुको रिपोर्टले देखाएको छ । यस्ता अन्य कैयन् समस्याहरु यस उपचारले ठिक पारेको छ ।
केट अमेरिकी व्यापारी केटीको नाम हो । उनी आफ्नो व्यापारबाट नाफा कमाइरहेकी भएपनि उनको मनमा न सन्तोष र शान्ति थियो न त तनमा स्वास्थ्य । एकरात उनले भगवान्लाई रुँदै प्रार्थना गरी शान्ति माग्छिन् । त्यस रातको सपनामा उनले एक वीणा आफैले बजाउदै गरेको देख्छिन् । यस सपनाबाट उनले संकेत पाइन् कि उनको तनमनको समस्या वीणा बजाउन सिकेमा जानेछन् । नभन्दै उनले वीणा किनेर ल्याइन् र संगीतमा डुब्न थालिन् । एक वर्षभित्र उनका सारा समस्या समाप्त । त्यसपछि आफ्नो सारा पुरानो व्यापार—धन्दा छाडी संगीतलाई नै व्यवसाय बनाउन सक्षम भइन् । आजभोलि उनी संगीतोपचारमा लागी हजारौंको रोग निको पारिरहेकी छिन् । सन् २०००मा आफ्नै श्रीमान्संग मिलेर त्जभ ज्भबष्लिन या ःगकष्अ नामक पुस्तक लेखी विश्वविख्यात हुन पनि सफल भएकी छिन् ।
प्राचीन चिनियाँ सम्राट शून हरेक वर्ष देशको कुना—काप्चा पुगी जनताका अवस्था बुझ्ने गर्थे । जनताको उन्नति प्रगति भए नभएको कुरा उनी त्यहाँ गाइने प्रचलित गीतबाट पत्ता लगाउथे । यदि विभिन्न जनसमूहले गाउने —सुन्ने गीत संगीतमा विषयगत र भावनागत समानता छन् भने त्यहाँका जनतामा एकता रहिरहने र भिन्नता छन् भने एक आपसमा वैमनस्यता बढ्ने संकेत उनी पाउथे । त्यस्तै खाली मनोरञ्जनको लागिमात्र गाइने गीतले राष्ट्रिय चरित्रमा ह्रास ल्याृउने कुरा समेत उनले ठम्याएका थिए ।
यहाँनिर ग्रिकेली सभ्यताको प्रसंगले सम्राट शूनको कुरालाई पुष्ट्याउँछ । बी.सी. ४०४ पछि ग्रीक सभ्यता ओरालो लागेको देखिन्छ । त्यसबेला त्यहाँको संगीतमा अनर्थपूर्ण नयाँ धारले गाँजेको पाईएको छ । टिमोथिएस जस्ता गीतकारहरुले समाजलाई आक्रोशित एवं असुरक्षित महसूस गराउने खालका गीत रच्न थालेका थिए । संगीतका बलमा त्यस्ता गीत पनि जनप्रिय हुुँदै गयो र परिणामस्वरुप सभ्यता नै ओरालो लाग्न थाल्यो ।
गीत—संगीतको प्रभाव मान्छे र समाजमा त के पशुपंक्षी र बोटबिरुवामा पनि पर्छ । अमेरिकाको मिनेसोटा राज्यका अनुसन्धानकर्ताहरुले मकैजस्ता बालीमाथि संगीतको प्रभावबारे अध्ययन गरेका छन् । सितारको ध्वनी सुनाइएका मकैहरु हलक्कै बढेको उनीहरुले पुष्टि गरेका छन् । त्यस्तै अमेरिकाको कोलोराडो राज्यका बैज्ञानिकहरुले बोट बिरुवामाथि संगीतको प्रभावबारे गहिरो अध्ययन गरेका थिए ।
उनीहरुको अनुसन्धानले के पुष्टि गर्यो भने नियमित रक म्युजिक सुनाइएका विरुवाहरुमा कुनै सकारात्मक असर देखिएन बरु ती बिरुवाको विकासमा अवरोध आएको पाइयो । तर भारतीय संगीत सुनाइएका विरुवा निकै बढेको पाइयो । त्यस्तै पश्चिमी शास्त्रीय संगीत सुनाइएका विरुवा पनि राम्ररी विकास भएको देखियो । यसरी मानव समाजदेखि वनस्पति जगतसम्म मौलाउने एक कारण कस्तो खाले गीत संगीत सुनिन्छ त्यसमा भरपर्ने कुरा प्रष्ट हुन आउँछ । सबै खाले संगीतले सकारात्मक असर पार्दैन, र त संगीत रोजेर सुन्न जान्नु पर्दछ भन्ने प्रष्ट भएको छ ।
कुन समाज उन्नत वा पतन हुँदैछ भन्नेकुरा त्यस समाजमा गाइने—सुनिने गीतले संकेत गर्छ । यस कुराको बैज्ञानिक आधार हो बारम्बार दोहोर्याइएका शब्दले दह्रो तरंग(क्वान्टम) निर्माण गर्दछ र कालान्तरमा त्यही तरंग खाँदिदै वास्तविकरुपमा देखा पर्न थाल्दछ ।
सेरोसको कुख्यात गीत ग्लुमी सन डे यसको नजीर हो, जुन गीत प्रसारण भयो कि कसै न कसैले आत्महत्या गर्छन् । यस अर्थमा नकारात्मक एवं खोक्रो गीत गाउनु र सुन्नु, लेख्नु र पढनु सबैलाई सामाजिक अपराध मान्न सकिन्छ ।
अतः यदि समाजलाई बदल्नु छ भने त्यस समाजमा प्रायः गाइने—सुनिने गीतलाइृ सकारात्मक बनाउनु पर्ने देखिन्छ । जनताको सरकारले यसको लागि उचित वातावरणको निर्माण गर्नुपर्दछ भन्ने हाम्रो ठम्याइृ हो ।
(साभारः विकासानन्दका गीतहरु)

No comments:
Post a Comment